Monday 2 March 2015

फेसबुकमा ‘स्वाइन फ्लु’ फेसन

फेसबुकमा ‘स्वाइन फ्लु’ फेसन
केही चक्की औंषधी खाएर स्वाइन फ्लुबाट मुक्त हुने एक चिकित्सको गैर जिम्मेबार र संवेदहीन भनाई फेसबुकमा पोस्ट तथा लाइक गर्ने क्रम बढ्दो छ । यसलाई सेयर र लाइक गर्ने बुझक्कडहरु नै छन् ? मित्रहरु र ती डाक्टर साबलाई मेरो केही प्रश्नहरु ?
१.के भारतकी चर्चित अभिनेत्री सोनम कपुरसँग दुई चार चक्की सिटामोल किनेर खाने पैसा थिएन र ? आफ्नै फिटनेस ट्रेनरबाट उक्त फ्लु सरेकी सोनमको अहिले मुम्बईको एक अस्पतालमा उपचार भइरहेको छ ।
२.विज्ञहरुको सुविधा भएको काठमाडौंकै एक प्रतिष्ठित अस्पतालमा यही रोगको उपचार गराउन गएकी एक महिलाको ज्यान जानु नपर्ने हो । त्यो अस्पतालमा विरामीलाई खुवाउनलाई सिटामोल थिएन र ?
३.भारतको अति बिकसित गुजरात प्रान्तमा स्वास्थ्यमन्त्री र सभामुख यसबाट संक्रमित नहुुुनु पर्ने हो ?
४.भारतको प्रतिष्ठित अस्पतालमा उपचार गराईरहेका ८ सय ३३ जनाभन्दा बढीको यही रोगले मृत्यु हुनु नपर्ने हो ? ठूलो संख्यामा स्वास्थ्यकर्मीसहित झन्डै १५ हजार संक्रमित भएर अस्पताल भर्ना हुनु नपर्ने हो ?
५.विश्वकै अभिभावक मानिने विश्व स्वास्थ्य संगठनले सन २०१० स्वाइन फ्लुलाई महामारी घोषणा गर्नु नपर्ने हो ?
अन्तमा, हजुरहरुसँग मेरा आग्रह यस्तो छ :सस्तो लोकप्रियताका आर्जन गर्न र चर्चामा आउन दिइने यस्तो वाहियात एवं अविकेशील भनाईको पछि नलागौं । झन हामी इन्टरनेट प्रयोग गर्ने शिक्षित र सचेत पुस्ता हौं । यस रोगको बारेमा भएका थुप्रै सोध र खोजहरु गुगलमा सर्च गरेर अध्ययन गर्नसक्छौं । संक्षेपमा सबैले थाहा पाएको व्यक्तिगत सरसफाई, स्वस्थ तथा मर्यादित बानीले मात्र हामीलाई यसको संक्रमणबाट बचाउन 
सक्छ । लागिसकेपछि त कुरो सकि गयो नि ? त्यसपछि औंषधी उपचारको विकल्प त छँदैछ -
Jitendra Sah

No comments:

Post a Comment