Tuesday 17 March 2015

मन्त्री अमात्यले एयरवसको कमिसन मागेपछि महाप्रबन्धक खरेलको राजीनामा

नेपाल वायुवेसा निगमका महाप्रबन्धक मदन खरेलले विभागीय मन्न्त्रीको चर्को दबाबपछि राजीनामा दिएका छन्। खरेलको राजीनामाले निगमभित्र राजनीतिक हस्ताक्षेप चुलिएको पुष्टि भएको छ। निगममा पछिल्लो समय एमाले अध्यक्ष झलनाथ खनालको दबाबमा तत्कालीन पर्यटन मन्त्री भीम आचार्यले निगममा शिवशरण न्यौपानेलाई अध्यक्ष पदमा नियुक्त गरेपछि सतहमै देखिएको राजीतिक हस्ताक्षेप फेरि चुलिएको हो।खनालकै स्वकीय सचिव भएर लामो समय काम गरेका हालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यको चर्को दबाबपछि खरेलले आइतबार राजीनामा दिएका हुन्। यसले निगम धारासायी बनाउन राजनीतिक नेतृत्वलाई सहज बनाएको पर्यटन मन्त्रालय स्रोतको भनाइ छ। मन्त्री अमात्यले राजीनामा नदिए खरेललाई गलत्याएर निकाल्ने सम्मको चेतावनी दिएको स्रोतले जानकारी दियो।

सार्वजनिक संस्थान निर्देशन बोर्डबाट खुला प्रतिस्पर्धामा छनोट भएका खरेललाई नेपाल सरकारले २०६९ मंसिर १४ गते महाप्रबन्धकमा नियुक्तिको निर्णय गरेको थियो। उनी चार वर्षका लागि नियुक्त भएका हुन्। उनले चैत मसान्तबाट लागू हुने गरी राजीनामा दिएको भए पनि यो भन्दा अगाडि नै नेपाल सरकारले स्वीकृत गरेमा आफ्नो मन्जुरी हुने पत्रमा उल्लेख गरेका छन्।स्रोतका अनुसार मन्त्री अमात्यले निगमले एक महिना अगाडि खरिद गरेको एयरवसको कमिसन मागेको, आफन्त र कार्यकर्ता गरी करिब ४० जनालाई निगममा भर्ति गर्न निर्देशन दिएको र जर्मनीको लुफ्थान्सा एयरलाइन्सको भगिनी संस्था लुफ्थान्सा कन्सल्टिङलाई निगम सुम्पन प्रस्ताव गरेका थिए।

खरेलले गैरव्यवसायिक काम नगर्ने अडान लिएपछि उनको कार्यक्षमतामाथि पटकपटक प्रश्न गर्दै मन्त्रीले राजीनामा दिन दबाब दिएका थिए। तर, न्यूनतम प्रक्रियासमेत नपुर्‍याई एउटा विदेशी कम्पनीलाई अर्बौंको चलअचल सम्पत्ति भएको सरकारी कम्पनी सुम्पँदा भ्रष्टाचार गरेको ठहर हुने डरले व्यवस्थापनले निर्णय लिन सकेको छैन।निगमबाट एयरबसको तालिममा गएका दुई जना क्याप्टेन फेल भएर आउनु, इन्जिनियरिङ विभागले असहयोग गर्नु सहितका सबै काम महाप्रबन्धकलाई असफल पार्न गरिएको चलखेल भएको पर्यटन मन्त्रालय स्रोतको दाबी छ। मन्त्रालय स्रोतका अनुसार मन्त्री अमात्यले निगमको ग्राउन्ड ह्यान्डलिङ पनि खोस्ने प्रयास गरेका छन। खरेलको राजीनामा पछि निगम सञ्चालक समितिले निगमकै ग्राउन्ड सपोर्ट विभागका निर्देशक रमेशवहादुर शाहलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको छ।

वायुसेवा निगममा अधिकृत पदबाट सेवा सुरु गरेका खरेलले निगममै ३० वर्ष काम गरेका थिए। निगमलाई चिनियाँ जहाज ल्याएर आन्तरिक उडान सुधार गर्ने र अन्तर्राष्ट्रिय उडानका लागि एयरबस ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले निगम सुधार गर्न र आर्थिक अवस्था बलियो बनाउन १० वर्षे व्यावसायिक योजना बनाएका थिए।निगमले सञ्चालन गरिरहेको ट्वीनअटर र बोइङ विमानमा एयरवस, वाई १२ र एमए ६० का थप तीन प्रकारका जहाज पनि सफ लतकापूर्वक सञ्चालन गर्न सकिन्छ भनेर काम गरिरहेका खरेललाई निगमभित्रैबाट पनि असहयोग भएको थियो। खरेलले निगमको सुधारका लागि ६ र सात तहबाट मात्रै लिइने विमान चालक आठ र नौ तहबाट लिन सुरु गरेका थिए।ग्राउन्ड ह्यान्डलिङ सेवा सुधार गर्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघठन (आईकाओ) का मापदण्डअनुसार काम गर्न सुरु गर्नेसहितका काम गरेका भए पनि उनलाई नै असफल पार्न गत साता निगमकै कर्मचारीले नयाँ एयरवसलाई ग्राउन्डेड गराएको स्रोतको दाबी छ। अन्नपूर्ण पोष्ट बाट ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete