Tuesday 3 March 2015

बलिउडकी चर्चित नायिका सोनमलाई स्वाईन फ्लु

बलिउड अभिनेत्री सोनम कपुरलाई स्वाइन फ्लु रोगले समातेपछि हाल उनको स्टर्लिङ अस्पतालमा उपचार भईरहेको छ। राजकोटको जिल्ला अधिकारी मनिषा चन्द्राका अनुसार सोनममा स्वाइन फ्लुको जाँच गर्दा पोजेटिभ रिर्पोट पाइएको छ। ‘मुम्बईमा उनको व्यायाम प्रशिक्षकबाट सम्भवत यो रोग लागेको हुनसक्छ, जब उनी त्यहाँ आईन्, सोनम यो रोगको लक्षणबाट पीडित भईन्।’ चन्द्राले भनेकी छन् । २९ वर्षीया अभिनेत्री कपुर राजश्री प्रोडक्सनको आगामी फिल्म ‘प्रेम रतन धन पायो’को सुटिङ गरिरहेकी छन्, जसमा अभिनेता सलमान खान पनि छन्।अभिनेत्रीलाई हल्का ज्वरो र सर्दीले छोएको छ। उनलाई अन्य बिरामी भन्दा अलग राखिएको अस्पतालले जनाएको छ। अस्पतालका चिकित्सा निर्देशक डा. कमल पारिखका अनुसार श्वास लिन समस्यासँगै हल्का ज्वरो आएपछि नायिकालाई अस्पताल भर्ना गरिएको थियो।

अभिनेता एवं निर्माता अनिल कपुरकी छोरी सोनम ‘दिल्ली ६’, ‘भाग मिल्खा भाग’ र ‘डालीकी डोली’ जस्ता फिल्मका कारण चर्चित छिन्।

यो फिल्ममा सलमान खान र अनुपम खेर पनि उपस्थित थिए। यसै विच सलमान खानले पनि सलमान पनि स्वाईनफ्लुको जाँच गराएका छन्। भारतमा पछिल्लो समयमा स्वाईफ्लुले हजारौ मानिसहरु प्रभावित भएका छन्।

No comments:

Post a Comment