Wednesday 4 March 2015

राशिफल /फाल्गुन२१ वि.सं.२०७१ साल फागुन २१ गते बिहीबार। इ.स. २०१५ मार्च ५ तारिख

राशिफल /फाल्गुन२१
वि.सं.२०७१ साल फागुन २१ गते बिहीबार।
इ.स. २०१५ मार्च ५ तारिख
नेपाल संवत् ११३५ चिल्लाथ्व।
फाल्गुण शुक्लपक्ष। 
पूर्णिमा तिथि बेलुकी ११:८ बजेसम्म उपरान्त चैत्र कृष्णपक्ष, प्रतिपदा।
मघा नक्षत्र, बिहान ८:३० बजेसम्म उपरान्त पूर्वफाल्गुनी।
सुकर्मा योग, बिहान ८:२६ बजे सम्म उपरान्त धृति।
भद्रा करण, बिहान १०:०३ बजेसम्म,वव बेलुकी ११:०८ बजेसम्म उप्रान्त वालव।
आनन्दादियोगमा मुसल योग 
चन्द्र सिंहराशिमा ।
काठमाडौंमा सूर्योदय– ६:२७ बजे, सूर्यास्त– ६:०६ बजे 
दिनमान २९ घडी ०६ पला।
फागु पूर्णिमा, पूर्णिमा व्रत, पहाडी जिल्लामा होली खेल्ने, होलीपुन्ही, मन्वादि, रात्रिमा चीरदहन गर्ने ।
राशिफल 
मेष Aries : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
स्वास्थ्य सन्तोषप्रद रहनेछ,आफन्तको सहयोगमा बृध्धि आउनेछ,पढाइमा गति कम लाग्नेछ,सुखद समाचार सुन्न पाइनेछ.ब्यबसायिक यात्राको सम्भाबना देखिन्छ,जग्गा जमिन जस्ता सम्पतिबाट लाभ हुनेछ।
वृष Taurus :(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
रिस बढ्ने तथा आफन्त संग मनमुटाब हुन सक्छ, दुर्घटनाको सम्भाबना भएकोले चनाखो रहनु पर्ला ,अनाबस्यक यात्राले मनमा तनाब सिर्जना होला,स्वास्थ्यमा प्रतिकुलता आउनेछ,परिवारजनको लागि बढी समय व्यतित गर्नु पर्ला,माता पिताबाट सदभाब पाइएला ।
मिथुन Taurus :(का, कि, कु, घ, ङ, छ, के, को, हा) 
पराक्रम बढ्ने समय छ,खुशीको खबरले मनमा आनन्दित महसुस दिलाउनेछ,स्फुर्ति बढ्ने तथा काममा सफलता निरन्तर रहनेछ,मानसम्मान मिल्नेछ,साथि संगको भेट र सहयोग मिल्नेछ,नंया बस्त्रालंकार खरिद गरिएला ।
कर्कट Cancer :(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धन संचय गरिने समय छ,आर्थिक काममा गति बढ्नेछ,बोलीको प्रभाब निकै बढ्ला,प्रेमसम्बन्धमा सुधारको संकेत आउनेछ,यात्रामा सजग रहनुपर्ला,चोटपटक लाग्न सक्छ,मिष्ठान्न भोजन गर्ने सु अवसर मिल्ला,।
सिंह Leo : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
बौद्धिकता बढ्नेछ,उत्शाहमा वृद्धि होला,स्वास्थ्य सबल रहनेछ,नंया सामाग्रीहरु खरिद गरिनेछ,सोच्ने शक्तिमा बिकास हुनेछ,,ठुला व्यक्तिको सहयोग पाइनेछ,नाम र दाम दुवै कमाइनेछ ।
कन्या Virgo : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
झन्झटिलो दिन रहला,दुख धेरै गर्नु पर्ला,खर्च तथा बिबाद यथावत रहलान, मित्रबर्गमा बिबाद बढने समय छ,स्वास्थ्यमा प्रतिकुलता आउनेछ,ब्यर्थमा समय व्यतित होला।कुलदेबताको स्मरणले काममा सफलता मिल्नेछ ।
तुला Libra : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धन प्राप्तहोला,काममा प्रगतिले निरन्तरता पाउनेछ,बोलीको प्रभाब बढ्नेछ,सजिलै अरुको बिस्वास जित्न सकिनेछ,उपयोगी क्षेत्रमा लगानी गरिएला,व्यापारिक व्यक्तिहरुलाई अझै फाइदाजनक दिन रहला।
वृश्चिक Scorpio: (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राज्य पक्ष बाट सर-सहयोग मिल्नेछ,आफन्तको सहयोग पाइनाले मन खुशी रहनेछ,दिर्घकालिन सोचका साथ अगाडी बढ्नुहोला,यात्राको फलदायी साबित हुनेछ,नंया कामको सुभारम्भ हुनेछन,पिताको स्वास्थ्यमा कमोजोरी आउन सक्छ।
धनु Sagittarius :(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
शरीरमा उर्जाको वृद्धि होला,मान्यजनबाट सहयोग मिल्नेछ, सामाजिक सेवाबाट सम्मान पाइएला, आर्थिक अबस्था मजबुद होला, धार्मिक भाब बढ्नेछ,मुद्दा मामिलाको झन्झट आइलाग्नेछ,सजग रहनु पर्ला ।
मकर Capricorn : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
अबिस्वास बढ्नेछ,मनमा विभिन्न प्रकारका शंकाले डेरा जमाउनेछ, मित्रहरु बाट बिस्वास्घात हुन सक्छ.आकस्मिक दुर्घटना हुन सक्छ, बिबाद तथा कानुनि अड्चन आउन सक्छ,अत्याबस्यक काम बाहेक यात्रामा ननिस्कनु नै उत्तम होला
कुम्भ Aquarius : (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रेममय दिन रहला,ब्यापार ब्यबसायमा उन्नति देखिन्छ,रमाइलो यात्रा होला,मनपरेको बस्तु उपहार पाइएला,दाम्पत्य सम्बन्धमा रमाउने अवसर मिल्ला सन्तानको स्वास्थ्यमा खराबी आउन सक्छ,खर्च बढ्नेछ।
मीन Pisces :(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शत्रु परास्त हुनेछन,बाद-बिबादमा परिएता पनि जित तपाइकै हुनेछ,माओली पक्षबाट सहयोग प्राप्त हुनेछ,सामाजिक सेवामा मन लाग्नेछ,सवारी साधनबाट नोक्सानी होला बोलीको प्रभाब भने कमजोर रहला। ज्योतिषाचार्य पं.बासुदेव अधिकारी

No comments:

Post a Comment