Friday 10 April 2015

किन ज्योती मगरकै पछि लागिरहेछन संगीतप्रेमी





किन ज्योती मगरकै पछि लागिरहेछन संगीतप्रेमी ?काठमाडौं । आजकल ज्योती मगरको नाम बिबादको पर्यायवाची जस्तै बनेको छ ।उत्तेजक पहिरनमा लोक भाका गाउने यी गायिकाले आजकल ताली र गाली बराबरीजस्तै खाएकी छिन् । दर्शकबाट मान मात्र हैन, अपमान पनि उत्तिकै सहेकी छिन् ।अपमान यस अर्थमा कि, उनले पछिल्लो एक बर्षको अबधिमा बिभिन्न स्टेज कार्यक्रममा पहिरनकै कारण तनाव बेहोर्नुपर्‍यो । भडकिलो पहिरन लगाएको भन्दै दर्शकले उनलाई स्टेजबाट निकाल्न चेतावनी दिए, कतिले कार्यक्रम नै बहिस्कार गरेर हिंडे ।तर, ज्योतीले गाली मात्र हैन, तालि पनि खाइरहेकी छिन् । त्यही तालीको उर्जाले होला उनका बस्त्र झन् पछि झन् छोटा बन्दैछन, उनको भडकिलो स्वभाव घट्दो हैन, बढ्दो छ ।उनका जति पनि गीत युट्युवमा अपलोड भएका छन, ती सवैमा दर्शकको उल्लेख्य उपस्थीति देखिन्छ ।

Monday 6 April 2015

पर्चुगल घटनाका घाईते शेर सिं ठकुरी सिकिस्त हस्पिटल भर्ना बिज्ञप्ति सहित


लिस्बोन पोर्तुगल
नेपाली जनताको हक र हितको लागि पहिचान सहितको संबिधान बनाउन दबाब दिन नेपालमा बनेको ३० दलीय मोर्चालाई सहयोग र समर्थन गर्दै पोर्तुगलमा पनि पहिचान पक्षधर अग्रगामी परिबर्तन चाहने शक्तिको मोर्चाले आज नेपाली जनसम्पर्क समिति पोर्तुगलको चौथो अधिवेशन नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संबिधान सभा सदस्य गगन थापा र धनराज गुरुङलाई आम नेपाली जनताको पक्षमा संबिधान बनाउनको लागि दबाब दिन भएको शान्तिपूर्ण बिरोध प्रदर्शनमा लोकतन्त्रको ओकालत गर्ने जनसम्पर्क समिति पोर्तुगलले प्रदर्शनकारीहरु माथि सांघातिक आक्रमण गरेकोमा यस मंच घोर निन्दा गर्दछ |हिजो मिति २९ मार्चका दिन नेपाल अन्तरिम संविधानको उल्लेखित नेपाली नागरिकको नैसर्गिक अधिकारको प्रयोग गर्न पाइने प्रावधान अनुरुप पहिचानावादीहरुले शान्ति पूर्ण र मर्यादित ढंगबाट कालो झन्डा पोस्टर, पम्प्लेट र पहिचानवादी नारावाजी सहित विरोध प्रदर्शन गरेका थिए संयुक्त संघर्ष समिति पोर्तुगलको आह्वानमा सम्पूर्ण पहिचानवादीहरुको यो प्रदर्शनको क्रममा लोकतन्त्रको हिमायती रुपमा आफुलाई प्रस्तुत गर्न खोज्ने आयोजक जनसम्पर्क समितिका अध्यक्ष समितिका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, निजका सहोदर भाइ नारायणप्रसाद सापकोटा, उपाध्यक्ष सुशील शर्मा गैरे, सहमहामन्त्री वुद्धी गुरुङ र साधारण सदस्य चीजकुमार तामाङलगायतका व्यक्ति सहितको समुहले प्रदर्शनकारीहरुमा सांघातिक आक्रमण गरेको छ| आक्रमण क्रममा जथाभावी मुक्का प्रहार, लात्ती प्रहार, घांटी समातेर निचोर्ने, टाउको तथा संवेदनशिल अंगहरुमा मुक्का तथा लात्ती हान्ने अमानवीय कार्यबाट प्रदर्शनकारीहरु सख्त घाइते भएका छन् | नेपाली कांग्रेस र उसको भात्री सस्था नेपाली जनसम्पर्क समितिको तर्फबाट गैर लोकतान्त्रिक ढंगबाट उक्त बिरोध प्रदर्शनमा नेतृत्व गर्नु भएका हाम्रो मंचका केन्द्रिय सल्लाहकार श्री शेर सिंह ठकुरी गम्भीर रुपमा घाइते हुनु भएका छन् उहाका अनुहारमा चोट ,टाउकोमा गम्भीर चोट, घांटी र खुट्टामा चोटहरु लागेको छ साथै रुपक श्रेष्ठ,सोम्फुरी शेर्पा लगायत अरु कयौं सहभागीहरुमा सांघातिक हमला गरि घाइते बनाएकोमा नेपाली जनप्रगतिशिल मंच पोर्तुगल उक्त निन्दनीय कार्यको घोर भर्सना गर्दछ |लामो समयदेखि सामाजिक र राजनैतिक खोल ओडि आफ्नो छवि राम्रो छ भनि समाजमा भ्रम पैदा गर्ने हिमायतीहरु आफ्ना १०० औं भन्दा बढी आफ्ना स्वयं सेवकरुपी भिजिलान्ते हुँदा हुँदै पनि आफ्ना समक्षी समक्ष बर्बरता पूर्ण आक्रमण गर्ने दुस्स्सहस भएकाहरुलाई पोर्तुगल सरकारको कानुन बमोजिमको कडा भन्दा कडा कारबाही जोड्दार माग यसै विज्ञप्ति मार्फत गर्दछ | आफ्नो स्थापनाकालदेखि लोकतन्त्रको हिमायती भन्न चाहने पार्टीको संगठनले युरोप जस्तो मानव अधिकार प्रत्याभूति दिन सक्ने पोर्तुगलको लिस्बोन शहरमा घटेको यो घटनाले हाम्रो मंचका सम्पूर्ण शुभ चिन्तकका साथै सम्पूर्ण पहिचानवादी स्तब्ध भएका छौं | घाइते हुनु भएका शेर सिंह ठकुरी र रुपक श्रेष्ठ दुवै जनालाई थप उपचारको क्रममा आज SAO JOSE हस्पिटल लगिएको छ | उहा तथा सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यको पनि कामना गर्दछौ |

नेपाली जनप्रगतिशिल मंच पोर्तुगल


महासचिब                                  अध्यक्ष
नारायण प्रसाद सुबेदी                राम बहादुर गौचन